व्यापार । काठमाडौंको थलीमा डोको बेच्न हिँडेका एक व्यापारी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
स्ट्रबेरी टिप्दै । दाङको घोराही उपमहानगरपालिका-१४ स्थित झिङौरामा व्यावसायिक रूपमा गरेको स्ट्रबेरी खेतीमा स्ट्रबेरी टिप्दै युवती। दाङमा स्ट्रबेरी प्रतिकिलो करिब आठ सय रुपैयाँको दरले बिक्री हुने गरेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगितामा सहभागी कुमारी । पोखरा महानगरपालिका-४ द्वारा सोमबार पोखरामा आयोजना गरिएको चौथो यःमरी साँस्कृतिक महोत्सव तथा प्रतियोगितामा सहभागी कुमारी। तस्बिर: धनबहादुर गुरूङ/रासस
सिंहदरबार पश्चिम मूलढोका प्रबलीकरण । देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबार पश्चिम मूलढोकाको प्रबलीकरण गरिँदै। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षति पुगेको सिंहदरबारको पश्चिम मूल ढोका आठ वर्षपछि प्रबलीकरण सुरू भएको छ। तस्बिर: पूर्णप्रसाद मिश्र/रासस
भकुण्डेबाट देखिएको हिमाल ।
सुन्तला बोक्दै कामदार । तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित विश्वबहादुर अधिकारीको बगानमा उत्पादन भएको सुन्तला बोकेर ल्याउँदै कामदार। अधिकारीले यस वर्ष करिब ७५ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन्। तस्बिर: कृष्ण न्यौपाने, रासस