दर्शन । काठमाडौंको स्वयम्भू परिसरमा दर्शन गर्दै मानिसहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
हिउँले सेताम्य डाँडा र बस्ती । ठुली भेरी नगरपालिकाको प्रशासकीय केन्द्र जुफाल डोल्पामा हिउँ परेपछि सेताम्य डाँडा र बस्तीहरू। तस्बिरः हेमन्त केसी/रासस
दीक्षान्त समारोह । बुधबार काठमाडौं विश्वविद्यालयले धुलिखेलमा आयोजना गरेको २९औँ दीक्षान्त समारोहमा सहभागी विद्यार्थीहरू। तस्बिर: प्रदीपराज वन्त/रासस
भुवनेश्वरी मन्दिर । काठमाडौंको तारकेश्वर नगरपालिका-३ स्थित जितपुर पाँचमानेमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल भुवनेश्वरी मन्दिर। यस मन्दिरमा २७ वटा गजुर रहेका छन् । तस्बिरः हरिराम भेटुवाल/ रासस