जगन्नाथ मन्दिर । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिर। पाँच सय वर्ष पुरानो शिखर शैलीको यो मन्दिरमा पूजा आराधना एवं दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास छ। तस्बिरः सन्तोष गौतम/रासस
मनाइयो ५५४ औं गुरू नानक जयन्ती । शिख धर्मका प्रवर्तक गुरू नानकको आज ५५४ औं जन्मजयन्ती मनाइएको छ। कुपण्डोलको गुरूद्वार गुरू नानक संत्सगमा गुरू नानक जयन्ती मनाइएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
कालोपत्र । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ नालामा गरिएको कालोपत्र सडक। मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको बन्दीपुर र आँबुखैरेनीमा कालोपत्रको काम अगाडि बढेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस