निषेधित क्षेत्र । जिल्ला प्रशासन कार्यालय काठमाडौंले ३० दिनका लागि माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म निषेधित क्षेत्र तोकेपछि खटिएका सुरक्षाकर्मी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
जलेवा चरा । दाङको घोराही उपमहानगरपालिका-१७ कर्जाहीस्थित जलाशयमा जाडो छल्न आएका जलेवा चरा। जलेवाको मुख्य आहारा माछा भएकाले यिनिहरू नदी, जलाशय नजिक बस्ने गर्छन्। तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रधानमन्त्री कार्यकक्ष । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सवलीकरण गरी पुनःनिर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री कार्यकक्षमा बुधबार प्रवेश गर्दै। विसं २०७२ को भूकम्पले सो भवनमा क्षति पुर्याएको थियो। तस्बिरः प्रदीपराज वन्त/रासस