सडकमा फालिएका फूल । बजार नपाएपछि सडकमा फालिएका फूल। काठमाडौं महानगरले फूल बिक्रीका लागि निश्चित ठाउँ तोकेपछि आफूहरूले घाटा व्यहोर्नु परेको किसान बताउँछन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पशुपतिमा यसरी गरियो गाईपूजा । काठमाडौंको पशुपतिनाथमा गाईपूजा गरिएको छ। गाईतिहारको अवसरमा पशुपतिका बटुकहरूले गाईपूजा गरेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
बत्तीको झिलिमिलीको दृश्य । तिहारको तेस्रो दिन सोमबार काठमाडौँँको हलचोकबाट देखिएको स्वयम्भूनाथ लगायत बत्तीको झिलिमिलीको दृश्य। तस्बिर: हरिराम भेटुवाल/रासस