मुस्ताङमा स्याउ टिप्दै । मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीको बगैँचामा स्याउ टिप्दै कृषक। अहिले मुस्ताङको बगैंचामा फलेका स्याउ टिपेर बजार पठाउन किसानलाई चटारो छ। तस्बिर : सन्तोष गौतम/रासस
घर जान बसपार्क आएका नागरिक । दसैं मनाउन घर जान गाडी छुट्ने समयको प्रतीक्षामा काठमाडौं गोगंबुस्थित नयाँ बसपार्कको यात्रु प्रतीक्षालयमा बसेका नागरिक। तस्बिर: हरिराम भेटुवाल/रासस
रुकुम पश्चिममा धानबाली । मुसिकोट नगरपालिका–३, माछिमीमास्थित रुकुम पश्चिममा पहेंलपुर भएर पाकेको धानबाली। तस्बिरः हेमन्त केसी/रासस
डुंगा सयर गर्दै पर्यटक । पोखराको फेवातालमा डुंगा सयर गर्दै विदेशी पर्यटक। तस्बिरः राधिका कँडेल / रासस
तरकारी खेती । तारकेश्वर नगरपालिका-७ स्थित फुटुङ खेतमा किसानले प्लास्टिकका टनेलमा गरेको व्यावसायिक तरकारी खेती। तस्बिर : हरिराम भेटुवाल / रासस