फर्कियो नेपाली क्रिकेट टोली । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। चीनको हाङझाउमा १९ औं एसियाली खेलकुदमा सहभागी भई नेपाली टोली आज बिहान साढे ११ बजे स्वदेश फर्किएको हो। तस्बिर: निशा भण्डारी /सेतोपाटी
खोला तर्दै । दाङको घोराही उपमहानगरपालिका-१८ रझेनाबाट कटुवा खोला तरेर अम्बापुर जाँदै गरेका अम्बापुरका स्थानीय। पुल नहुँदा यो भेगका स्थानीय जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
काँसको ढकिया बुन्दै वृद्धा । जंगल तथा खोलाको किनारमा पाइने काँसको प्रयोग गरेर ढकिया बुन्दै घोराही–१७ कर्जाहिकी स्थानीय थारू महिला। आफूले तयार गरेको ढकिया ५०० रुपैयाँमा बिक्री गर्ने उनी बताउँछन्।तस्बिरः कुलदीप न्यौपाने/रासस