झोलुङ्गे बनेपछि सर्वसाधारणलाई सहज । रूकुम पश्चिमको मुसीकोट नगरपालिका–१ बराहाटाकुरादेखि सल्ले जोड्ने झोलुङ्गे पुल। यो पुल बनेपछि वडा नम्बर १ र ३ का स्थानीय बासिन्दालाई खलङ्गादेखि सल्ले वारपार गर्न सहज भएको छ। यो पुल जिल्लाकै लामो पुल समेत हो। यसको लम्बाइ २३७ मिटर रहेको छ। तस्बिर: बलबहादुर ओली ‘बलेन्द्र’/रासस
माछापुच्छ्रे हिमाल: । पोखरा महानगरपालिका–२९ भण्डारढिकबाट शुक्रबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिर: रामबहादुर थापा/रासस
समयबजी । तारकेश्वर नगरपालिका-१० स्थित मनमैजुको नासलचोकमा नेवारी समुदायले विभिन्न परिकार मिसाएर बनाएको समयबजी। तस्बिर: हरिराम भेटुवाल/रासस