श्रद्धाञ्जली । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि लैजाँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
फल्चा । काठमाडौं महानगरपालिकाले मीनभवनस्थित बसस्टपमा बनाएको फल्चा। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
पञ्चदानको दिन दीपंकर नगर परिक्रममा । बौद्ध धर्मावलम्बीहरूको महान चाड पञ्चदानको दिन मंगलबार भक्तपुरमा दीपंकरलाई नगर परिक्रमा गराइँदै। विभिन्न बहालमा रहेका पाँच दीपंकरलाई नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
सडक किनारमा तरकारी व्यापार । काठमाडौं महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मंगलबार तरकारी किनबेच गर्नेको भिड। तस्बिर: हरिराम भेटुवाल/ रासस