टुसा तयार गर्दै । म्यादीको रघुगंगा गाउँपालिका-८ खरिवोटमा तरकारीका लागि टुसा तयार गर्दै स्थानीय । जङ्गलमा पाइने निगालोको टुसाको तरकारी स्वादिलो र पोषिलो मानिन्छ। तस्बिर : कमल खत्री/रासस
अनदुडाँडामा स्तूप । पोखरा महानगरपालिका—२२ अनदुडाँडामा जापानी शैलीमा निर्मित विश्व शान्ति स्तूप। धार्मिक तथा पर्यटकीय महत्व बोकेको स्तूप घुम्नका लागि पोखरा आउने अधिकांश आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन्। तस्बिर: कृष्ण दवाडी/रासस
तिलिचो ताल जाने बाटो । मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने पहिरो जोखिमयुक्त बाटो र हिउँले काटिएका पहरा। तिलिचो बेसक्याम पार गर्दै दैनिक ५०/६० जना आन्तरिक तथा बाह्य पर्यटक तिलिचो ताल पुग्ने गर्छन्। तस्बिर: नवीन लामिछाने/रासस
अष्टिम्की पूजा गरेको फूल खोलामा बगाउँदै । दाङको सेवार खोलामा बिहीबार अष्टिम्की पूजा गरेको फूल बगाउँदै घोराही उपमहानगरपालिका–१४ स्थित झिङौरा गाउँका स्थानीय थारू समुदायका महिला। तस्बिर: कुलदीप न्यौपाने/रासस