आठबीसकोट नगरपालिका रूकुम पश्चिमको प्रशासकीय केन्द्र राडीबजार तथा आसपासको क्षेत्र। यहाँ डोल्पा, रूकुम र पश्चिम आठबीसकोटका नागरिकको मुख्य व्यापारिक नाका समेत छ। तस्बिरः हेमन्त केसी/रासस । प्रशासकीय केन्द्र राडीबजार
काभ्रेको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’। सो झरनामा पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी पार गर्नुपर्छ। तस्बिरः पेमा लामा/रासस । तीनधारे झरना
कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य। तस्बिर: रामबहादुर थापा/रासस । फेवाताल
कोशी प्रदेशको नाम खारेज गरी पहिचान झल्किने नाम राख्न माग गर्दै ललितपुरको जावलाखेलमा प्रदर्शन गर्दै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी । कोशी प्रदेशको नाम खारेजीको माग