म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानीमा स्थानीय आमा समूहले सञ्चालन गरेको पुनहिल घोडेपानी संग्रहालयमा राखिएका परम्परागत सामग्री। यो संग्राहलय पर्यटकको आकर्षण बनेको छ। तस्बिर: कमल खत्री/रासस । पुनहिल संग्रहालय
सुनसरीको इटहरीस्थित जलाशयमा फुलेको गुलाफी रङको कमलकाे फूल। तस्बिर: नवीन गड्तौला/रासस । कमलको फूल
पोखराको पालिखे चोकमा रहेको ढुङ्गेधारा। स्थानीय समुदायले परम्परागत ढुङ्गेधाराको संरक्षण गरेका हुन्। तस्बिर: रामबहादुर थापा/रासस । ढुङ्गेधारा
बागलुङ नगरपालिका–१ रामरेखा र पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्ने ५६७ मिटर लामो गण्डकी 'गोल्डेन वृज'मा शुक्रबार साँझ देखिएको बत्तीको झिलिमिली । पुलको सौन्दर्यता बढाउन बागलुङ नगरपालिकाले झोलुङ्गे पुलमा बत्ती जडान गरेको छ। तस्बिर: खेमराज गौतम/रासस । झोलुङ्गे पुलमा झिलिमिली