आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइएको छ। हिन्दु धर्मावलम्बीले प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउँछन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी । मनाइयो जनैपूर्णिमा र रक्षाबन्धन
ललितपुरको बंगलामुखीस्थित कुम्भेश्वर महादेवमा बिहानैदेखि भक्तजनको भीड छ। हिन्दु धर्मावलम्बी मात्र होइन, कुम्भेश्वर महादेवमा बौद्ध धर्मावलम्बी झाँक्रीहरू पनि मेला भर्न आउँछन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी । कुम्भेश्वर महादेव मन्दिरमा झाँक्री नाच
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाएको 'प्राइड परेड' मा सहभागी जनाउँदै समुदायका एक अभियान्ता। समुदायले पनि सन् २००४ देखि हरेक वर्ष गाईजात्रालाई अलग ढंगले मनाउँदै आएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी । गाईजात्रा रौनक
काठमाडौंमा गोरखाको गाईजात्रा देखाइएको छ। गोरखाको ताकुकोट समाजले आज दिउँसो काठमाडौंमा गाईजात्रा देखाएको हो। तस्बिर: नवीनबाबु गुरूङ । काठमाडौंमा देखाइयो गोरखाको गाईजात्रा
लगनखेलमा कार्यभार सम्हालिरहेकी प्रहरी जवान अश्मिता तामाङ भक्तपुरदेखि आएका आफ्नो भाइ सुजिल तामाङलाइ कुम्भेश्वर मन्दिर परिसरमा रक्षा बन्धन लगाइदिँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी । ह्याप्पी रक्षाबन्धन!
काठमाडौंको बसन्तपुर क्षेत्रमा ग्राहक कुर्ने क्रममा चियाको चुस्की लिँदै रिक्सा चालक। तस्बिर: मन्दिरा घिमिरे । ग्राहक कुर्दै, चियाको चुस्की लिँदै