९२ दिनमै १४ अग्ला हिमाल आरोहण गर्ने कीर्तिमानी आरोहीलाई विमानस्थलमा भव्य स्वागत । ९२ दिनमा १४ हिमाल चढेर विश्वकीर्तिमान कायम गर्ने नेपालका तेन्जेन लामा र नर्वेकी क्रिस्टिन हरिलाको भव्य स्वागत भएको छ। विश्वका १४ हिमालको सफल आरोहण गरी शनिबार नेपाल आएका दुई आरोहीलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
पर्यटकीय गन्तव्य बन्दै बगलेख । दिपायल-डोटीको पूर्वीचौकी गाउँपालिका ३ मा रहेको बगलेखमा रमाउँदै आन्तरिक पर्यटकहरू। 'मिनि खप्तड' को रूपमा समेत परिचित बगलेखमा पछिल्लो समय पर्यटकको संख्या बढ्दै गएको छ। तस्बिरः चक्र मल्ल/रासस
उर्लिएको कालिगण्डकी र खनियाघाट गाउँ । केही दिनदेखि परेको अविरल वर्षाका कारण उर्लिएको कालिगण्डकी नदी र किनारमा रहेको खनियाघाट गाउँ। कालिगण्डकी नदीले बागलुङ र पर्वत दुई जिल्लासमेत छुट्याएको छ। तस्बिर: डम्मर बुढामगर/रासस
टौदह । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित टौदहको सुन्दर दृश्य । तस्बिर: मेघनाथ पहाडी/रासस
लाखे नाच । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा शनिबारमा नेवार समुदायहरुले प्रदर्शन गरेको लाखे नाच। लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्ष्यमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो । तस्बिरः दिलकुमार लिम्बू/रासस