आजका तस्बिर- साउन १३
आजका तस्बिर- साउन १३
पर्यटकीय गाउँ ल्वाङ ।  कास्कीको माछापुच्छ्र्रे गाउँपालिका–८ स्थित पर्यटकीय गाउँ ल्वाङ। तस्बिर: रामबहादुर थापा/रासस
आजका तस्बिर- साउन १३
बाघ दिवस ।  अन्तर्राष्ट्रिय बाघ दिवसकाे अवसरमा नवलपुरकाे कावासाेतीमा आयाेजित कार्यक्रममा युवतीको अनुहारमा बाघकाे आकृति बनाउँदै चित्रकार। तस्बिर: दयाराम आचार्य /रासस
आजका तस्बिर- साउन १३
विश्व बाघ दिवस ।  विश्व बाघ दिवसको अवसरमा शनिबार बर्दिया ठाकुरद्वाराको बाघचोकमा रहेको बाघको प्रतिमामा पूजा गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीलगायत । तस्बिरः राधेश्याम विश्वकर्मा/रासस
आजका तस्बिर- साउन १३
केन्जो (पदमचाल) फूल ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेन खर्क क्षेत्रमा फुलेको केन्जो अर्थात पदमचाल फूल। विशेषगरी केन्जो ४ हजार मीटर माथिको उचाइमा पाइन्छ । तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- साउन १३
लामपोखरी ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ पापुङको लोदेनस्थित लामपोखरी । लाम पोखरीसहित यो क्षेत्रमा दर्जनौ आकर्षक पोखरीहरु रहेका छन्। तस्बिर: सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर- साउन १३
खाजा ब्रेक ।  ललितपुरको खोकनामा धान गोड्न पुगेकी एक महिला खाजा खान ब्रेक लिँदै। तस्बिर: नवीनबाब गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्