गठेमङ्गल पर्व मनाइँदै । नेवाः दयः दवू सुर्खेतको आयोजनामा शनिबार सुर्खेतको वीरेन्द्रनगर–९, लाटिकाइलीमा गठेमङ्गल पर्व मनाइँदै। घण्टासुर राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झनास्वरूप नेवार समुदायमा यो पर्व मनाइने गरिन्छ। तस्बिरः सुरेश आचार्य/रासस
बौद्ध स्तुपा । काठमाडौं महानगरपालिका-६ मा अवस्थित विश्व सम्पदा सुचीमा सुचिकृत रहेको धार्मिक एवं पर्यटकीय स्थल बौद्ध स्तुपा। तस्बिर: हरिराम भेटुवाल/रासस
पानीको जोहो । रानीवनमा रहेको तीते पानीबाट पानी बोकेर पोखराको डेमसाइडर रानीवन जोड्ने फुस्रेखोलाको जीर्ण झोलुङ्गेपुल पार गर्दै सर्वसाधारण। तस्बिरः हरिप्रसाद बास्तोला/रासस
ग्रामीण सडकको दुरावस्था । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी नगरपालिका–३, झरीथुम्कास्थित ग्रामीण सडकमा गाडी फसेपछि रोकिएका मालवाहक ट्रक। तस्बिर: भविन कार्की/रासस