पशुपतिनाथमा सुरू भयो साउने सोमबारको व्रत । पशुपतिनाथ मन्दिरमा चान्द्रमासअनुसार साउन लागेदेखि नै भक्तजनको भीड बढ्न थालेको छ। तस्बिर: नवीनबाबु गुरूङ
ट्याक्टरले खेत जोत्दै । बागलुङ नगरपालिका–४ दारेगौडामा ट्याक्टरको सहायताले खेत रोप्नका लागि तयार पारिँदै । अहिले खेत जोत्न परम्परागत गोरुको प्रयोग घटेर आधुनिक उपकरणको प्रयोग अत्याधिक बढेको छ । तस्बिर ः खेमराज गौतम/रासस
राष्ट्रिय झण्डाको आकृति । ललितपुरको भैंसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका-४ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झण्डाको आकृति । झण्डाको आकृतिले सो स्थान थप आकर्षक देखिएको छ । तस्बिर :हरिराम भेटुवाल/रासस
लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीस्थित शान्ति दीप र मुख्य नहर क्षेत्रबाट देखिएको सुन्दर शान्ति स्तुपाको दृष्य । तस्बिर: भरत केसी/रासस