आजका तस्बिर- जेठ ३२
आजका तस्बिर- जेठ ३२
निगरानी गर्दै ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कर्मचारीलाई निगरानी गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्रले हाजिर लगाउँदै बाहिर निस्कने प्रवृत्ति बढेको भन्दै कर्मचारीलाई निगरानी गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- जेठ ३२
बर्खालाई दाउराको जोहो ।  रूकुम पूर्व सिस्ने गाउँपालिका–२ स्थित सल्ली बिसाउना गाउँको एक घरका स्थानीयले जतन गरी राखेको दाउरा। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- जेठ ३२
प्रदर्शन ।  काठमाडौंको बानेश्वरमा नक्कली भुटानी शरणार्थी प्रकरणविरूद्ध प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएका प्रदर्शनकारी। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- जेठ ३२
माइतीघरमा विद्यालयका कर्मचारीको प्रदर्शन ।  काठमाडौंको माइतीघरमा विद्यालयका कर्मचारीहरूले प्रदर्शन गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले रिले अनशन समेत गर्ने बताएको छ। उनीहरूले जेठ २९ गतेदेखि असार १ गतेसम्म प्रदर्शन गर्ने बताएको छ। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- जेठ ३२
भिर मौरीको मह छान्दै सिकारी ।  केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभिरमा काढिएको भिर मौरीको मह छान्दै सिकारी। फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको सिकार गर्दै आएका छन्। तस्बिर : केदार मगर / रासस
प्रतिक्रिया दिनुहोस्