रिरिबाङ्को लेकमा भेंडा । रुकुम पूर्व सिस्ने गाउँपालिका-१ स्थित सिस्नेका तीर्थ बुढा रिरिबाङ्को लेकमा भेंडा चराउँदै। परापूर्वकालदेखि यहाँका स्थानीयले भेंडा पालेर मासु र ऊन बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन्। तस्बिर : कुलदीप न्यौपाने / रासस
टहरामा बास बस्दै । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रुपपाटनमा यार्सागुम्बा सङ्कलनकर्ता पाटन क्षेत्रमा टहरामा बास बस्दै। टहरामा रात काटेपछि बिहान सबैरदेखि पाटनमा यार्सागुम्बा संकलन गर्ने गर्दछ। तस्बिर: हेमन्त केसी/रासस
हुचिललाई प्राकृतिक बासस्थानमा छोड्दै । अवैध रुपमा राखिएको हुलिचलाई अनुसन्धानपछि अदालतको अनुमति लिएर सोमबार प्राकृतिक बासस्थानमा छोड्दै डिभिजन वन कार्यालय गोरखाका कर्मचारी। हुचिललाई शहीद लखन गाउँपालिका–६ स्थित तामली भीरमा लगेर छोडिएको हो। तस्बिर: दीपक श्रेष्ठ/रासस
नेपाल वायुसेवा निगमको विमान । मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा मंगलबार बिहान अवतरण गरिएको नेपाल वायुसेवा निगमको विमान। तस्बिरः राधेश्याम विश्वकर्मा/रासस