नेर्पा बजार र आसपासका क्षेत्र । रोल्पा त्रिवेणी गाउँपालिका–५ स्थित जग्गरकोटबाट देखिएको गाँउपालिकाको केन्द्र जुँगारको नेर्पा बजार र आसपासका क्षेत्र। तस्बिर: कुलदीप न्यौपाने/रासस
नारायणीमा तटबन्ध । चितवन र नवलपुर भएर बग्ने नारायणी नदीमा करिब ५ अर्बको लागतमा निर्माणाधीन तटबन्ध। पहिलो चरणमा बाढीको समयमा कटान गर्न सक्ने स्थानमा अहिले धमाधम तटबन्ध निर्माण कार्य भइरहेको छ। तस्बिरः सुरेन कुँवर/रासस
लेकमा बाख्रा चराउँदै । रूकुम(पूर्व) सिस्ने गाउँपालिका-१ सिस्ने गाउँका स्थानीय वृद्धा बेनुकेगोठस्थित लेकमा बाख्रा चराउँदै। यो याममा लेकमा प्रशस्त घाँस पलाउने भएकाले पशु चौपायालाई अस्थायी गोठ बनाएर लेकमै राख्ने गरिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
लिचीको व्यापार । बुटवल उपमहानगरपालिका वडा नं २ स्थित फूलबारीको सडक छेउमा ब्रिकीका लागि राखिएको लिची खरिद गर्दै उपभोक्ता। यहाँ लिची प्रतिकेजी रु २२० मा खरिद बिक्री भइरहेको छ। तस्बिर: सुमित्रा अधिकारी/रासस
आहारा खोज्दै बकुल्ला । सुनसरीको इनरुवा–२ मा रोपाइँ गर्नका लागि तयार गरिएको खेतमा किरा–फट्याङ्ग्रा खान आएका बकुल्लाको झुण्ड। तस्बिर: नवीन गड्तौला/रासस