आजका तस्बिर- जेठ २८
आजका तस्बिर- जेठ २८
रुकुमकोट ।  रुकुम पूर्व सिस्ने गाउँपालिका-५ स्थित रुमालवाराबाट देखिएकाे सदरमुकाम रुकुमकोट बजार, कमलदह र आसपासको दृश्य । तस्बिर: कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- जेठ २८
पानीको हाहाकार ।  सङ्खुवासभाको खाँदबारी नगरपालिकाले स्थानीयको घरको धारामा पानी नआएपछि दमकलबाट पानी वितरण गर्दै। तस्बिर: सुजन बज्राचार्य/रासस
आजका तस्बिर- जेठ २८
राष्ट्रिय तथ्यांक कार्यालय अगाडि नारा: दायाँ-बायाँ जान्दैनौं, गलत तथ्यांक मान्दैनौं ।  १२ ‌औं राष्ट्रिय जनगणनामा सार्वजनिक भएका जाति र भाषाको सन्दर्भमा सार्वजनिक गरिएको गलत तथ्यांक सच्याउन भन्दै राष्ट्रिय तथ्यांक कार्यालयअघि प्रदर्शन गरिएको छ। किरात राई यायोक्खा केन्द्रीय कार्यसमिति, किरात राई वान्तावा खिम, अथार मगरात कलाकार संघ, नेपाल आदिवासी जनजाति महासंघ लगायतले आइतबार दिउँसो प्रदर्शन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- जेठ २८
थाल ठटाएर सरकारको विरोध ।  सामुदायिक विद्यालयका कर्मचारीलाई बजेटमा सम्बोधन नगरिएको भन्दै थाल ठटाएर प्रदर्शन गरेका छन्। आइतबार काठमाडौंको बानेश्वरमा उनीहरूले थाल बजाएर सरकारको विरोध गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- जेठ २८
कलात्मक ‘डुंगा चियाघर’ ।  कलाकार रवीन्द्रकुमार श्रेष्ठद्वारा काठमाडौंमा जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा राखेको प्रतिस्थापन कला ‘डुङ्गाको चियाघर’ र साथमा कला पारखीहरू। यहाँ पुग्ने दर्शकले चियाको चुस्कीसँगै साहित्य र संगीतको समेत स्वाद लिन पाउँछन्। तस्बिर: नारायण ढुंगाना/रासस
प्रतिक्रिया दिनुहोस्