प्राइड परेड । शनिबार काठमाडौंको शान्तिबाटिकाबाट निकालिएको गौरव यात्रामा एक सहभागी। त्यहाँबाट नारायणचौर पुगेर यात्रा अन्त्य गरिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
पशुपति दर्शन । शनिबार पशुपतिनाथको दर्शन गरेर फर्कने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' । तस्बिरः प्रदीपराज वन्त / रासस
धम्जागाउँ । बागलुङको काठेखोला गाउँपालिका–३ स्थित धम्जागाउँ। पछिल्लो समय स्थानीय बसाइँसराई गरेर बजार क्षेत्रमा जान थालेपछि गाउँ सुनसान बन्दै गएका छन्। तस्बिर: डम्मर बुढामगर/रासस
गोसाइँकुण्ड । समुद्र सतहबाट १४ हजार एक सय फिटको उचाइँमा अवस्थित पवित्र तिर्थस्थल गोसाइँकुण्ड। विगतमा गंगा दशहरा एवं जनै पूर्णिमा पर्वमा मात्रै भक्तजनको घुइँचो हुने यस क्षेत्रमा पछिल्लो समय दिनहुँ भक्तजनहरुको चहल पहल बढ्दो छ। तस्बिरः ज्ञानेन्द्र न्यौपाने/रासस
पौडी । हिमाली जिल्ला ताप्लेजुङको सदरमुकामस्थित वीरेन्द्रचोकमा रहेको पोखरीमा पौडी खेल्दै बालबालिका। चर्को घाम र अत्यधिक गर्मीका कारण बालबालिकाहरू पौडी खेल्न पोखरीमा जम्मा हुने गरेका छन्। केही दिनयता यस जिल्लामा समेत गर्मी बढेको छ। तस्बिर: सन्तोष पुर्कुटी/रासस