भोजाडबाट देखिएको सूर्योदय । भरतपुर महानगरपालिका–११ स्थित भोजाडबाट शुक्रबार देखिएको सूर्योदयको दृश्य । टन्टलापुर लागेको घामले विगत केही दिनदेखि गर्मीका कारण चितवनलगायत तराईको जिल्लाहरुमा जनजीवन कष्टकर बनेको छ । तस्बिर: सनद अधिकारी/रासस
गर्मी भगाउने काइदा । सुनसरीको इनरुवा–९ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको शाखा नहरमा पौडी खेल्दै स्थानीय बालबालिका । तराईमा अत्यधिक गर्मीले जनजीवन प्रभावित भएको छ । तस्बिर: नवीन गड्तौला / रासस
नागिटार । सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका-३ स्थित पर्यटकीय स्थल नागिटार। एक हजार ९३१ मिटर उचाईमा रहेको यस क्षेत्रमा अहिले गर्मी छल्न तथा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढ्दो छ । तस्बिरः सुजन बज्राचार्य/रासस
झोलुङ्गे पुलले सहज । तनहुँको व्यास नगरपालिका–३ व्यासक्षेत्र र व्यास नगरपालिका–५ पराशर क्षेत्र जोड्ने मादी नदीमाथि रहेको झोलुङ्गेपुल। उक्त पुलले सर्वसाधारणलाई वारपार गर्न सहज भएको छ । तस्बिर: कृष्ण न्यौपाने/रासस
गुराँसे पोखरी । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकास्थित गुराँसेपोखरी। पछिल्लो समय यो पोखरी पर्यटकीय क्षेत्रको रुपमा परिचित छ भने आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ। तस्बिरः सन्तोष पुर्कुटी/रासस