रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि... । रास्वपा सांसदले प्रधानमन्त्री भारतबाट भैंसी चढेर आएको भनेपछि नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाएका थिए। त्यसपछि सत्ता र प्रतिपक्षका सांसदले हो-हल्ला गरेका थिए। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गाईघाट झरना । बागलुङको ताराखोला गाउँपालिका १ मा पर्ने गाईघाट झरना । आन्तरिक पर्यटककालागि झरना आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिर: तारानाथ आचार्य/रासस
कैयागाउँ । पर्वतको मुडिकुवाबाट देखिएको बागलुङ नगरपालिका–१४ मा पर्ने कैयागाउँ र खेतमा मकैका बोटको हरियाली। कैयागाउँ व्यावसायिक खेतीका लागि अगाडि छ। तस्बिरः सुमनजङ्ग थापा/रासस
रालेगाउँ । बागलुङको काठेखोला गाउँपालिका-५ मा रहेको राले गाउँ। मध्यपहाडी लोकमार्ग छेउमै रहेको यो गाउँका घरहरू आकर्षक रहेका छन्। तस्बिर: डम्मर बुढा मगर/रासस
घान्द्रुकको डाँडागाउँ । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय स्थल हो । तस्बिर : रामबहादुर थापा/रासस