पशुलाई बिछ्यौना । रुकुम पूर्व सिस्ने गाउँपालिका–१ सिस्ने ठूलोगाउँका स्थानीय महिला जंगलबाट स्याउला ल्याउँदै। स्याउला पशु चौपायालाई बिछ्यौनाको रूपमा प्रयोग गरिन्छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
सूर्योदयको दृश्य । रुकुम पूर्व सिस्ने गाउँपालिका– १ स्थित ठूलो सिस्ने गाउँबाट आइतबार देखिएको सूर्योदयको दृश्य । तस्बिरः कुलदीप न्यौपाने/रासस
पुल नभएपछि खोलाबाटै वारपार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको पञ्चकुण्ड तालको पानी बग्ने खोलामा पुल नहुँदा जोखिमपूर्ण तवरले खोला तर्दै आन्तरिक पर्यटक । तस्बिरः कमल खत्री/रासस
संसद अवरोध । नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले आइतबार संसद अवरोध गर्दै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै । कास्कीको अन्नपूर्ण गाउँपालिका-११ स्थित पर्यटकीय गाउँ घान्द्रुकमा खच्चडबाट निर्माण सामग्री ढुवानी गरिँदै। तस्बिर: रामबहादुर थापा/रासस