आजका तस्बिर- जेठ १०
आजका तस्बिर- जेठ १०
संसदमा भण्डारी ।  नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ १०
स्वागतम्! ।  नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलाई सिंहदरबारस्थित कार्यालयमा स्वागत गर्दै कर्मचारी। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- जेठ १०
फुतफुते झरनामा आन्तरिक पर्यटक ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक। पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरूका लागि आकर्षण बनेको छ। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- जेठ १०
अग्लो झोलुङ्गे पुल ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल। गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- जेठ १०
गमला व्यापारी ।  देउखुरीमा बनाइएको माटोको गमला बिक्री गर्न घोराही बजारमा हिँडेका थारू समुदाय। पहिले घरबाटै बिक्री हुने गमला आजभोलि प्लास्टिकका गमलासँग प्रतिस्पर्धा गर्न बजारमा डुलाउनुपर्ने बाध्यता छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्