आजका तस्बिर- जेठ ८
आजका तस्बिर- जेठ ८
माने घुमाएर मन्त्र जप्दै ।  काठमाडौंको स्वयम्भूनाथ परिसरमा कोरा गर्दै एक वृद्ध। बौद्धधर्ममा यसरी माने घुमाएर मन्त्र जप्दै कोरा गर्दा पुण्य मिल्ने विश्वास गरिन्छ। तस्विर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- जेठ ८
जावलाखेलमा ल्याइयो रथ ।  वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल ल्याइएको छ। उपत्यकाको सबैभन्दा लामो जात्राका रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- जेठ ८
विपद् उद्धार अभ्यास ।  गण्डकी प्रदेश सरकार र नेपाली सेना, पश्चिम पृतनाको आयोजनामा सोमबार तनहुँको व्यास-१० मादी नदीमा आयोजित विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शन गरिँदै। उक्त अभ्यासमा भूकम्प, आगलागी, बाढीबाट उद्धार गरिएको नमूना प्रदर्शन गरिएको थियो। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- जेठ ८
हिमाल आरोही बस्ने टेन्ट ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा हिमाल आरोहणका लागि आएका पर्यटक बस्न राखिएका टेन्ट। समुद्री सतहदेखि चार हजार १९० मिटरको उचाइमा रहेको आधार शिविरमा पर्यटक टेन्ट राखेर बस्ने गर्छन्। तस्बिरः कमल खत्री/रासस
आजका तस्बिर- जेठ ८
बङ्लाचुलीको खाडागाउँ ।  दाङ बङ्लाचुली गाउँपालिका वडा नं २ को खाडागाउँ। एक सय ५० घरधुरी रहेको यस गाउँमा मगर, दलित र ठकुरी जाति बसोबास गर्छन्। तस्बिर:कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्