आजका तस्बिर: जेठ ७
आजका तस्बिर: जेठ ७
पहिरोले पुरिएको गाडी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ गुइठे भिरमा पहिरोले पुरिएको गाडी। पहिरोका कारण आइतबार बिहानदेखि बेनी–जोमसोम सडक अवरूद्ध भएको छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर: जेठ ७
ह्यान्डसेक ।  प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा हात मिलाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: जेठ ७
बारीमै सुकेको बन्दागोभी ।  स्थानीय बजारमा बिक्री नहुँदा घोराही–६ गुरुवागाउँ स्थित बारीमा सुकेको बन्दागोभी। उचित मूल्य र बजार नपाएपछि बन्दागोभी बारीमै सुकेको किसानको गुनासो छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर: जेठ ७
साइपालको धलौन गाउँ ।  बझाङको साइपाल गाउँपालिका– १ र २ धलौन गाउँ। साइपालको धलौन सदरमुकामबाट सबैभन्दा नजिकको गाउँ हो। यहाँ पुग्न जिल्ला सदरमुकाम चैनपुरबाट तीनदिन पैदल यात्रा गर्नुपर्छ। तस्बिरः भूमिराज पिठातोली/रासस
आजका तस्बिर: जेठ ७
पञ्चकुण्ड ताल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविरमा अवस्थित पञ्चकुण्ड ताल। समुद्री सतहदेखि चार हजार १०० मिटर उचाईमा रहेको उक्त ताल करिब २० हजार वर्गमिटरमा फैलिएको छ। तस्बिरः कमल खत्री/रासस
प्रतिक्रिया दिनुहोस्