आजका तस्बिर- जेठ ३
आजका तस्बिर- जेठ ३
आर्ट ग्यालरीमा विद्यार्थी ।  बुधबार नेपाल आर्ट काउन्सिल परिषद्‍मा सडक सुरक्षासम्बन्धी कार्टुन प्रदर्शनीमा सहभागी विद्यार्थी। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- जेठ ३
रेडपाण्डा ‘हाब्रे’ ।  समुद्र सतहदेखि तीन हजार मिटर उचाइमा अवस्थित ताप्लेजुङको फुङ्लिङ नगरपालिका—११ फावाखोलाको हर्कटे क्षेत्रमा रहेको रेडपाण्डा (हाब्रे)। रातो पाण्डा १० देखि २५ डिग्री सेल्सियस तापक्रम भएको र वार्षिक रूपमा कमै मात्र तापक्रम घटबढ हुने १ हजार ८०० देखि ४ हजार ८०० मिटर उचाइका क्षेत्रहरूमा पाइने गर्छ। यो खासगरी गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने गरिएको छ। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- जेठ ३
खोपारा र धवलागिरि हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा डाँडा र पृष्ठभूमिमा देखिएको धवलागिरि हिमाल। समुद्र सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोपाराबाट धवलागिरि निलगिरि, अन्नपूर्ण लगायतका हिमाल नजिकबाट अवलोकन गर्न सकिन्छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- जेठ ३
भण्डारीको शालिकमा पूर्वराष्ट्रपति भण्डारीद्वारा माल्यापर्ण ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसको अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको मदन भण्डारीको शालिकमा फूल मालासहित माल्यापर्ण गर्दै। तस्बिर: शरद शर्मा/रासस
आजका तस्बिर- जेठ ३
गैटे झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ आलखर्क स्थित गैटे झरना, पछिल्लो समय शिख–खोपारा पदमार्गको आकर्षण बनेको छ। तस्बिर: सन्तोष गौतम/ रासस
आजका तस्बिर- जेठ ३
मकैको खोस्टाबाट बनेका सामग्री ।  तनहुँको बन्दीपुर गाउँपालिका–१ का महिलाले सीपमूलक तालिम पाए सँगै मकैको खोस्टाबाट तयार पारेका सामग्री । तस्बिर: कृष्ण न्यौपाने /रासस ।
प्रतिक्रिया दिनुहोस्