आजका तस्बिर- वैशाख ३१
आजका तस्बिर- वैशाख ३१
चैते धान गोड्दै ।  तनहुँको व्यास नगरपालिका–६ छबिसेमा चैते धान गोड्दै महिलाहरू। चैतमा धान रोपेका कृषक यतिबेला धान गोड्न व्यस्त छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ३१
सोरठी नृत्य प्रस्तुति ।  बागलुङको गलकोट नगरपालिका–११ रिघाका स्थानीय सोरठी नाँच प्रदर्शन गर्दै। लोपन्मुख सोरठी नाँच यहाँका जनजातिहरूले संरक्षण गर्दै आएका छन्। तस्बिरः खेमराज गौतम / रासस
आजका तस्बिर- वैशाख ३१
अल्लाबाट निर्मित सामग्री सिलाइँदै ।  घोराही–१४ स्थित युनिक दिदीबहिनी अल्लो उद्योगमा अल्लोबाट निर्मित सामग्री सिलाउँदै उद्योगका सदस्यहरू। अल्लोको माग बढ्दै गएपछि महिलाहरूले घोराहीमा विभिन्न समूह बनाएर अल्लोको काम गर्दै आएका छन्। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- वैशाख ३१
धौलागिरि हिमालको फेन्चपास क्याम्प ।  म्याग्दीमा रहेको धवलागिरि हिमालको फेन्चपास क्याम्पमा आरोहीहरूको आवासका लागि बनाइएका टेन्टहरू। ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि यो याममा ३५ जनाले अनुमति लिएका छन्। धवलागिरि गाउँपालिका– ४ मा पर्ने यो हिमालको आधार शिविरमा पुगेका आरोहीहरू अनुकुल मौसमको पर्खाइमा छन्। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख ३१
ठेहे गाउँ ।  हुम्लाको सबैभन्दा ठुलो गाउँ सिमकोट गाउँपालिका-२ स्थित ठेहे गाउँ। तस्बिर : दाने बोहरा / रासस
आजका तस्बिर- वैशाख ३१
चट्याङ ।  कीर्तिपुरबाट देखिएको चट्याङको दृश्य। तस्बिर- नारायण महर्जन/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्