भद्रकालीमा प्रदर्शन । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा दोषी जति सबैलाई कानुनी दायरामा ल्याउन दबाब दिनका लागि काठमाडौंको भद्रकालीमा प्रदर्शन भएको छ। बुधबार दिउँसो बृहत् नागरिक आन्दोलनले भद्रकालीमा प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
खाणलाई अदालत लगिँदै । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अदालत लगिँदै। बुधबार बिहान उनको निवासबाट प्रहरीले पक्राउ गरेको थियो। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिनिधिसभा बैठक अवरूद्ध । सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बुधबार बसेको प्रतिनिधिसभाको बैठक अवरोध गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद। तस्बिर: निशा भण्डारी
गोठीकाँडा क्षेत्र । सुर्खेतको वीरेन्द्रनगर– १४ मा रहेको गोठीकाँडा क्षेत्र। यो यहाँको प्रमुख पर्यटकीय क्षेत्र हो, जहाँबाट वीरेन्द्रनगर भ्याली अवलोकन आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन्। तस्बिरः सुरेश आचार्य/रासस