आजका तस्बिर: वैशाख २३
आजका तस्बिर: वैशाख २३
आलु खेती ।  सुर्खेत र दैलेखको सीमानामा रहेको गुराँस गाउँपालिका-६ पिलाडीमा रहेकाे आलु खेती। यो क्षेत्र आलुको पकेट क्षेत्रको रूपले चिनिने गरिन्छ। तस्बिर: सुरेश आचार्य / रासस
आजका तस्बिर: वैशाख २३
सुर्खेतको विमानस्थल ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१३ सिद्धपाइलाबाट देखिएको सुर्खेत विमानस्थल। प्रदेश राजधानी भएसँगै संघीय राजधानीका लागि नियमित दुई उडान भइरहेको छ भने तीन उडानको तयारी गरिएको छ। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर: वैशाख २३
फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच ।  जलवायु परिवर्तनले पारेको प्रभावले उपल्लो डोल्पाको फोक्सुण्डो ताललाई संरक्षणमा परेको चुनौती र जलवायु परिवर्तनमा नारीको भूमिका विषयमा फोक्सुण्डो तालको छेउमा देखाएको स्याप्डो नाच। यहाँका महिलाहरूले स्थानीय पोशाक तथा भाषामा गीत र नाच प्रदर्शन गरेका छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर: वैशाख २३
मेलम्ची बजार ।  मेलम्चीको खानीगाँउबाट देखिएको मेलम्ची बजार। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिर: वैशाख २३
राजमुकुट ।  बेलायतका राजा चार्ल्स तृतीयले शनिबार राज्याभिषेक कार्यक्रममा राजमुकुट पहिरिएका छन्। तस्बिर: जोनेथन ब्रेडी/रोयटर्स
प्रतिक्रिया दिनुहोस्