आजका तस्बिर- वैशाख १९
आजका तस्बिर- वैशाख १९
नेपाल च्याम्पियन बनेपछि कीर्तिपुरमा उल्लास ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै कीर्तिपुरमा दर्शकले उल्लास मनाएका छन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- वैशाख १९
फोटो सेसन गर्दै खेलाडी ।  मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गरेर च्याम्पियन बनेपछि फोटो सेसा गर्दै नेपाली क्रिकेट खेलाडी। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- वैशाख १९
दर्शकले सफा गरे कीर्तिपुर रंगशाला ।  एसिसी प्रिमियर कपको नेपाल र युएईबीचको फाइनल खेल हेर्न पुगेका दर्शकले रंगशालाको सरसफाइ गरेका छन्। मंगलबार बिहान कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा नेपाल र युएईबीच फाइनल खेल भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- वैशाख १९
राजमार्गमा सवारीको लाइन ।  पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेशखोला पुलको मुखमा जमिन भासिएर आउजाउ रोकिएपछि गजुरी गाउँपालिकाको जरेखेल र आदमघाट क्षेत्रमा रोकिएको सवारीको लाइन। मंगलबार बिहान १० बजेसम्म सवारी एकतर्फी खुलाइए पनि साँझसम्म नै टाढा-टाढादेखि थुप्रिएका सवारी चापले पृथ्वी राजमार्ग अस्तव्यस्त नै रह्यो। तस्बिरः शंकर श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १९
तमान गाउँ ।  बागलुङको तमानखोला गाउँपालिका–३ स्थित तमान गाउँ । तस्बिर: डम्मर बुढा मगर/रासस
प्रतिक्रिया दिनुहोस्