आजका तस्बिर- वैशाख १८
आजका तस्बिर- वैशाख १८
खेल हुने आशमा प्रतीक्षा गर्दै दर्शक ।  नेपाल र युएईबीचको खेल वर्षाले दुई पटक रोकिए पनि कीर्तिपुर क्रिकेट ग्राउन्डमा पुगेका नेपाली समर्थकहरू छाता ओढेर कुर्दै। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- वैशाख १८
जोखिम मोलेर काम गर्दै श्रमिक ।  सुनसरीको इनरूवास्थित निर्माणाधीन भवनमा फलामे ट्रसको काम गर्दै मजदुर। मजदुरको जीवन बीमा नहुँदा उनीहरू जोखिममा काम गर्न बाध्य छन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- वैशाख १८
स्वर्गाश्रम र भकिम्ली गाउँ ।  म्याग्दीको बेनी नगरपालिका–३ स्थित धार्मिक पर्यटकीयस्थल स्वर्गाश्रम र पृष्ठभूमिको भकिम्ली गाउँ। स्वर्गाश्रम–बेलढुङ्गा नयाँ पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास हुन थालेको छ। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख १८
भासिएको पुल ।  वर्षापछि भासिएको पृथ्वीराजमार्ग अन्तर्गत धादिङको धार्के बजार नजिकैको गणेशखोला पुल। पुलको एकापट्टिको भाग भासिएपछि सवारी आवागमन ठप्प छ। तस्बिरः शंकर श्रेष्ठ / रासस
आजका तस्बिर- वैशाख १८
आकाशबाट खिचिएको कीर्तिपुरको क्रिकेट ग्राउन्ड ।  एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल हेर्न कीर्तिपुर आएका दर्शक र ड्रोनबाट खिचिएको दृष्य। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्