नम्कीको होमस्टे । गोरखाको अजिरकोट गाउँपालिका–३, स्थित सुन्दर नम्की बजारमा रहेको नम्की होमस्टे । उक्त होमस्टे अजिरकोट गाउँपालिकाका पर्यटकिय स्थल घुम्न जानेहरुका लागि बास बस्न रोजाईमा पर्ने गर्दछ । तस्बिर : दीपक श्रेष्ठ / रासस
पोखरा महानगरपालिका वडा नं ३१ स्थित बेगनास तालको सुन्दर दृश्य । तस्बिर : जमुना वर्षा शर्मा / रासस । बेगनास ताल
हिलाम्य सडक । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर लाटीकोइली जाने सडकको दुरावस्था। सडकको स्तरोन्नति समयमै नहुँदा पानी परेपछि सडक हिलाम्य भएको हो। तस्बिर: सुरेश आचार्य/रासस
फर्किए चन्द्र भण्डारी । गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगालागीबाट गम्भीर घाइते भण्डारी स्वास्थ्य उपचारपछि आइतबार भारतबाट फर्किएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी