पूजा गर्दै । कीर्तिपुरमा रहेको चिलंचो स्तूपामा शनिबार बिहान पूजा गर्दै भक्तजन। तस्बिर: नारायण महर्जन/सेतोपाटी
छाता ओढेर खेल हेर्दै । नेपाल एसिसी प्रिमियर कपअन्तर्गत कुवेत र नेपालबीच भएको खेल हेर्न आएका दर्शक। तस्बिर: निशा भण्डारी
मौलाकाली केबलकार । नवलपुरको गैंडाकोट-१ मा निर्माण सम्पन्न मौलाकाली केबलकार। केबलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले औपचारिक रूपमा उद्घाटन गर्ने कार्यक्रम छ। तस्बिरः सनद अधिकारी/रासस
थारू संस्कृति झल्किने चित्र । घोराही उपमहानगरपालिका-१६ कापासीस्थित एक रिसोर्टको भित्तामा थारू संस्कृति झल्किने चित्र बनाउँदै कैलालीका स्थानीय। रहरबाट सुरू गरेको उनको पेन्टिङ यात्रा यतिबेला परिवारकै जीवन धान्ने आम्दानीको स्रोत बनेको छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
बसन्तपुर क्षेत्रको दृश्य । काठमाडौंको न्यूरोडबाट खिचिएको धार्मिक तथा पर्यटकीय स्थल बसन्तपुर क्षेत्रको दृश्य। तस्बिर: मेघनाथ पहाडी/रासस