बालाजुको कोत:धुकु आयल स्टोर महानगरले गर्यो सिल । काठमाडौं महानगरपालिकाले बालाजुमा रहेको एक पेट्रोल पम्प सिल गरेको छ। पेट्रोल पम्प मापदण्डविपरीत भएकाले सिल गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
कतारविरूद्ध नेपालको शानदार जित । एसिसी प्रिमियर कपमा नेपाल समूह 'ए' को विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो। तस्बिर: निशा भण्डारी
किराँत राजा यलम्बरको शालिक बनाइँदै । खोटाङको बुइपाको उद्यानमा राखिने किराँत राजा यलम्बरको १०० फिट अग्लो शालिक भक्तपुरको निकोसेरामा निर्माण गर्दै कालिगढ। करिब चार करोड रुपैयाँको लागतमा तयार हुने शालिक निर्माणमा एक वर्षदेखि दैनिक १५ जना कालिगढ संलग्न रहेको जानकारी दिइएको छ। तस्बिरः नारायण न्यौपाने/रासस
डोको बुन्दै । म्याग्दीको रघुगंगा गाउँपालिका–२ रूइसेमा डोको बुन्दै गरेका स्थानीय र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमाल। धौलागिरि आइसफल पदमार्गको प्रवेश बिन्दुमा पर्ने रूइसेको आकर्षण परम्परागत ग्रामीण जीवनशैली पनि हो। तस्बिर: सन्तोष गौतम/रासस
सीता गुफामा पर्यटक । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–३ स्थित स्वाँरामा रहेको सीता गुफा अवलोकन गर्दै आन्तरिक पर्यटक। तस्बिर:दीपक श्रेष्ठ/रासस