आजका तस्बिर- वैशाख १३
आजका तस्बिर- वैशाख १३
पाँचपोखरी नमूना अर्गानिक कृषि फार्म ।  सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाँउपालिका–४ खलंगाटारका युवाहरूले सञ्चालन गरेको अर्गानिक कृषि फर्म। रासायनिक मल र विषादीको प्रयोग भएको तरकारी बाली वृद्धि भइरहेको बेला पुरानै अवस्थामा फर्कने गरी अर्गानिक उत्पादनमा कृषकहरू उत्साहित भएर लागेका छन्। वैदेशिक रोजगारबाट फर्केपछि युवाहरू मिलेर पाँचपोखरी नमूना अर्गानिक कृषि फार्म सञ्चालन गर्दै आएका छन्। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिर- वैशाख १३
बारपाक गाउँ ।  गोरखाको पर्यटकीयस्थलको रूपमा चिनिने बारपाक गाउँ। बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा एकै स्थानमा जोडिएर रहेका एक हजार ३५० भन्दा बढी घर छन्। तस्वीर: दीपक श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १३
गिट्टी कुट्दै महिला ।  पाँचपोखरी थाङपाल गाँउपालिका–५ गुन्साका स्थानीय महिला गिट्टी कुट्दै। उनीहरूले प्रतिबोरा रु १०० मा उक्त गिट्टी बेच्ने गरेका छन्। तस्बिर: देवराज सुवेदी/रासस
आजका तस्बिर- वैशाख १३
पानी जोह गरिँदै ।  सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ मा पानी बोक्दै गरेकी एक किशोरी। गर्मी मौसम सुरू भएसँगै गाउँमा पानीका मुहान सुक्न थालेपछि उनीहरू घण्टौं टाढाबाट पानीको जोह गर्न बाध्य भएका छन्। तस्वीर: विमलबहादुर विष्ट/रासस
आजका तस्बिर- वैशाख १३
ढकमक्क फुलेको शिरिषको फूल ।  सुनसरीको इनरूवास्थित जिल्ला अस्पताल परिसरमा ढकमक्क फुलेको शिरिषको फूल। तस्बिर: नवीन गड्तौला/रासस
प्रतिक्रिया दिनुहोस्