आजका तस्बिर- वैशाख १२
आजका तस्बिर- वैशाख १२
महानगरले हटायो प्रहरी बिट ।  काठमाडौं महानगरपालिकाले महानगरभित्रका प्रहरी बिट 'अनधिकृत रूपमा बनाइएको' भन्दै हटाउन सुरू गरेको छ। काठमाडौं महानगर प्रहरी प्रमुख राजु पाण्डेले काठमाडौंको पुरानो बसपार्कस्थित प्रहरी बिट हटाइरहेको बताए। तस्बिर: नवीनबाबु गुरूङ
आजका तस्बिर- वैशाख १२
कुमुदिनी फूल ।  सुनसरीको इनरूवास्थित एक पाेखरीमा फुलेको सेताे कमलजस्ताे देखिने कुमुदिनी फूल (वाटर स्नाेफ्लेक)। राष्ट्रिय प्रकृति संरक्षण काेष, काेशी संरक्षण केन्द्र प्रमुख वीरेन्द्र गाैतमका अनुसार `वाटर लिली´ पनि भनिने याे फूल निम्फिया प्रजातिमा पर्दछ। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- वैशाख १२
२०७२ सालको भूकम्पका तस्बिर अवलोकन ।  नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमी उपशाखाको आयोजनामा वि.सं २०७२ वैशाख १२ गतेको स्मरणमा भूकम्पसम्बन्धी जनचेतना जगाउन प्रदर्शित २०७२ सालको भूकम्पका तस्बिर अवलोकन गर्दै स्थानीयवासी। तस्बिर:रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १२
मोहरे डाँडामा फुलेको लालीगुराँस ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा पर्ने मोहरे डाँडा क्षेत्रको जंगलमा फुलेको लालीगुराँस। अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गमा समेटिएको मोहरे डाँडा क्षेत्रको आकर्षण गुराँसको जंगल पनि हो। तस्बिरः सन्तोष गौतम/रासस
आजका तस्बिर- वैशाख १२
नुवाकोट दरबार ।  वि.सं. २०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पले क्षति पुगेको नुवाकोटको सात तले दरबार। उक्त दरबारसहित आसपासमा पर्ने विभिन्न आठ वटा धार्मिक तथा ऐतिहासिक संरचनाको पुनर्निर्माण अझै हुन सकेको छैन।तस्बिर: रामहरि न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्