नरभक्षी बाघ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट महिलाको मृत्यु भएपछि नियन्त्रणमा लिएर ललितपुरको जावलाखेलस्थित चिडियाखाना ल्याइएको छ। अन्दाजी ५ वर्षको नरभक्षी बाघको नाम महारानी राखिएको छ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
मतदान गर्न लाइन । आइतबार भएको उपनिर्वाचनका लागि चितवन-२ मा मतदानका लागि लामवद्ध भएका मतदाता। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
साल्पा पोखरी । भोजपुरको साल्पासिलिछो गाउँपालिका–५ मा अवस्थित चौतीस सय त्रिचालीस (तीन हजार ४४३) मिटरको उचाईमा रहेको धार्मिक एवं पर्यटकीय स्थल साल्पा पोखरी। तस्बिर: हरिराम भेटुवाल/ रासस
मतदान । बाराको निर्वाचन क्षेत्र नं २ को सुर्वण गाँउपालिका वडा नं १ स्थित बेलवार मतदान केन्द्रमा आइतबार प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्दै मतदाता। तस्बिर: विजयकुमार महतो/रासस
मतपेटिका संकलन । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको आइतबार मतदान सम्पन्न भएपश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउँदै कर्मचारी। तस्बिरः कृष्ण न्यौपाने / रासस
चट्याङ । कीर्तिपुरबाट देखिएको चट्याङको दृश्य। तस्बिर- नारायण महर्जन/सेतोपाटी