आजका तस्बिर- वैशाख ८
आजका तस्बिर- वैशाख ८
पर्यटकीय सिउरुङ गाउँ ।  लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका वडा नं ३ स्थित पर्यटकीय सिउरूङ गाउँ। यहाँ आइपुग्ने पर्यटकहरूलाई यहाँको परम्परा घर, गुरूङ संस्कार, संस्कृति, वेशभूषालगायत रमणीयस्थलले पर्यटकको मन लोभ्याउने गर्छ। तस्बिरः जनक श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख ८
सडकको दुरावस्था ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यबजार क्षेत्रमा शुक्रबार परेको वर्षाका कारण सडकको दुरावस्था। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- वैशाख ८
टिकौलीमा चर्दै गरेको गैँडा ।  पूर्व पश्चिम राजमार्ग नजिक चितवनको टिकौली जङ्गलमा चर्दै गरेको गैँडा। चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका वन क्षेत्र दुर्लभ एकसिँगे गैँडाको मुख्य वासस्थान हो। तस्बिर: सनद अधिकारी/रासस
आजका तस्बिर- वैशाख ८
हावाहुरीले ढल्यो साइन बोर्ड ।  कीर्तिपुर क्रिकेट मैदानमा खेल चलिरहँदा हावाहुरी चलेर साइन बोर्ड ढलेपछि उठाइँदै। नेपाल र ओमानबीच खेल भएको थियो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- वैशाख ८
क्रिकेट हेर्नेको क्रेज ।  एसिसी मेन्स क्रिकेट कप अन्तर्गत ओमान भर्सेस नेपालबीच भएको खेल हेर्न आएका दर्शक। तस्बिर: निशा भण्डारी
प्रतिक्रिया दिनुहोस्