फुटबल । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलको एसिया छनोट पहिलो चरणमा नेपाल र भियतनामबीच खेल। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गहुँखेतीसँगै लिप्टिस । कैलालीको कैलारी गाउँपालिका–७ बसन्तामा गहुँ खेतीसँगै लहरै रोपिएका लिप्टिस रूख। लिप्टिस ८ वर्षमा तयार हुने रुख हो। तस्बिर: कैलाश जोशी/रासस
सूर्योदय । म्याग्दे गाउँपालिका–७ स्थित डाँडा गाउँ भ्यू प्वाइन्टबाट देखिएको सूर्योदय। उक्त स्थानलाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गरिएको छ। तस्बीर: सानेबहादुर नेपाली/रासस
घलगाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका-८ स्थित पर्यटकीय गाउँ घलेलबाट नजिकै देखिएको माछापुच्छ्रे हिमाल। होमस्टे र दृश्यावलोकनका लागि घलेले प्रख्यात छ। तस्बिर: कृष्ण दवाडी/रासस
भैरवीदेवी मन्दिर । नुवाकोटको विदुर नगरपालिका–२ स्थित साततले दरबार परिसरमा अवस्थित प्रसिद्ध भैरवीदेवी मन्दिर। तस्बिर: रामहरि न्यौपाने/रासस
भक्तपुर इँटाभट्टा वरपरको दृश्य । हेलिकप्टरबाट खिचिएको भक्तपुर इँटाभट्टा वरपरको दृश्य। तस्बिर: प्रदीपराज वन्त/रासस