आजका तस्बिर- चैत २०
आजका तस्बिर- चैत २०
पुनहिलमा आन्तरिक तथा बाह्य पर्यटक ।  म्याग्दीको प्रसिद्ध पर्यटकीय स्थल पुनहिलमा हिमाल हेरेर रमाउँदै गरेका आन्तरिक तथा बाह्य पर्यटक। वसन्त ऋतुको आगमनसँगै पुनहिल र घोडेपानीमा पर्यटक आउनेक्रम बढेको छ। तस्बिर:ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- चैत २०
पाथीभरामा हिमपात ।  ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत आइतबार भएको हिमपात अझै जमेर रहेको अवस्था। तस्बिर: दिलकुमार लिम्बू/रासस
आजका तस्बिर- चैत २०
सहकारी दिवसको सभाका सहभागी ।  भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा ६६ औं राष्ट्रिय सहकारी दिवस–२०७९ को अवसरमा भएको प्रभातफेरीपश्चात् सभामा सहभागी। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- चैत २०
डुङ्गा सयर गर्दै विदेशी पर्यटक ।  पोखराको फेवातालमा डुङ्गा सयर गर्दै विदेशी पर्यटक। पोखराको लेकसाइडमा यति बेला विदेशी पर्यटकहरूको चहलपहल बढेको छ। तस्बिर: राधिका कँडेल/रासस
आजका तस्बिर- चैत २०
मर्न थाले चौपाया ।  कैलालीको जानकी गाउँपालिका–१ मा रहेको सामुदायिक चौपाया व्यवस्थापनका लागि बनाइएको गौशाला। आहारा नपाउँदा चौपाया पर्न थालेका छन् भने मरेका चौपायाको व्यवस्थापन नहुँदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ। तस्बिर: झलनाथ खनाल/रासस
आजका तस्बिर- चैत २०
उम्मेदवारी दर्ता ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उम्मेदवारी दर्ता गर्न पुगेका कांग्रेसका जीतनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्