महानगर प्रहरी र मिटरब्याज पीडितबीच धकेलाधकेल । मिटरब्याजीविरूद्ध मार्च गरेर बर्दिबासबाट काठमाडौं आएका पीडितहरूलाई काठमाडौं महानगरपालिकाले खुलामञ्च छिर्न रोक लगाइएको छ। सोमबार साँझ खुलामञ्च छिर्न खोज्दा पीडितहरूलाई महानगर प्रहरीसँग धकेलाधकेल गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ
बर्दिबासदेखि काठमाडौंसम्म मार्चपास । बर्दिबासदेखि हेटौंडा हुँदै काठमाडौंसम्म मिटरब्याजविरूद्ध पीडितहरूले मार्च गरेका छन्। ११ दिन हिँडेर उनीहरू काठमाडौं आइपुगेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ
लहाँ गाउँका घरको छानो परिवर्तन । पहाडको फेदीमा रहेको डोल्पास्थित त्रिपुरासुन्दरी नगरपालिका–५ लहाँ गाउँका घरका छानो परिवर्तन हुँदै। सडक सञ्जालको पहुँच बढेसँगै माटाका छाना विस्थापित गर्दै कर्कट पाताले घरहरू छाउन सुरू भएको छ। तस्बिर:हेमन्त केसी/रासस
चैती छठ । महाेत्तरी जिल्लाकाे सदरमुकाम जलेश्वरमा अवस्थित बरूण सराेवरमा सोमबार चैती छठ मनाउँदै व्रतालुहरू। तस्बिर:सञ्जीतकुमार मण्डल / जलेश्वर
डोल्पाको बगर क्षेत्र । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको प्रशासकीय केन्द्र रहेको बगर क्षेत्र। सडक सञ्जाल जोडिएसँगै जिल्लाको दोस्रो ठूलो बजारको रूपमा विकास हुँदै गएको छ। तस्बिरः हेमन्त केसी/रासस