किन भत्काइँदैछ कोटेश्वर-कलंकी खण्डको सर्भिस लेन? । चक्रपथको कोटेश्वर-कलंकी खण्डको कलंकीदेखि सानेपासम्मको सडकको बायाँ सर्भिस लेन भत्काइएको छ। सडक डिभिजन काठमाडौं प्रमुख नारायणप्रसाद निहुरेले सर्भिस लेनमा समस्या देखिन थालेपछि पुनर्निर्माणका लागि भत्काउनु परेको बताए। तस्बिर: नविनबाबु गुरूङ
थोरोङ्लापास क्षेत्र । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने थोरोङ्लापास क्षेत्र। तस्बिर : सुशीलबाबू थकाली / रासस
कागबेनी बजार । सुन्दर लाग्ने नाङ्गा डाँडा र हिन्दु धर्मालम्बीहरुले पवित्र मान्ने कालीगण्डकी किनारमा अवस्थित मुस्ताङको कागबेनी बजार। कागबेनीमा बर्सेनि बडादसैँ र चैते दसैँको सोह्र श्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ। तस्बिर: सुमनजङ्ग थापा/रासस
गहुँबाली । छेडागाड नगरपालिकाको प्रशासकीय केन्द्र मनघाट, खारा लगायतका क्षेत्रमा सिँचाइ सुविधा पुगेसँगै लगाएको गहुँबाली। सडकको पहुँच बिस्तारसँगै बजारीकरण समेत भएको छ। तस्बिर : हेमन्त केसी / रासस
चैते धानका गोरु जोट्दै । संखुवासभाको धर्मदेवी नगरपालिका-४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोट्दै कृषक परिवार। यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ। तस्बिर: रत्न श्रेष्ठ/रासस