आजका तस्बिर- चैत ८ गते
आजका तस्बिर- चैत ८ गते
पाहाँच:ह्रे जात्रा ।  नेवार समुदायले पाहाँच:ह्रे जात्रा मनाएका छन्। बुधबार काठमाडौंको असन चोकमा नेवार समुदायका मानिसहरूको उपस्थितिमा सो जात्रा मनाइएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ८ गते
बन्दीपुरमा विदेशी पर्यटक ।  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा घुम्न आएका विदेशी पर्यटक। पहाडकी रानी नामले परिचित बन्दीपुरमा विभिन्न देशबाट पर्यटक आउने गरेका छन्। तस्बिर: कृष्ण न्यौपाने/रासस
आजका तस्बिर- चैत ८ गते
नेपाल विजयी ।  बुधबार दशरथ रंगशालामा प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत लाओस भर्सेस नेपालको खेल हेर्न आएका दर्शक। नेपालले लाओसलाई २-० गोलले पराजित गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- चैत ८ गते
दर्शनार्थीको घुइँचो ।  मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा दर्शन गर्न जाने क्रममा पैदल यात्रा गर्दै भक्तजन। हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको महत्त्वपूर्ण तीर्थस्थल मुक्तिनाथमा अहिले चिसो घटेसँगै धार्मिक पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ । तस्बिरः सुमन जङ्ग थापा/रासस
आजका तस्बिर- चैत ८ गते
कागबेनी किनारमा पिण्ड दान गर्न लागेका श्रद्धालु ।  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित कागबेनीको छेउमा रहेको पवित्र कालीगण्डकी नदीमा औँसी तिथि पारेर मङ्गलबार दिवङ्गत आफन्तहरूको नाममा पिण्ड दान गर्न लागेका श्रद्धालु तथा भक्तजनहरू। तस्बिर : सुमन जङ्ग थापा / रासस
प्रतिक्रिया दिनुहोस्