सडक कालोपत्र गरिँदै । मुस्ताङको थासाङ गाउँपालिका–२ खन्ती द्वारदेखि घरपझोङ गाउँपालिका वडा नम्बर २ र ३ जोमसोम काठेपुलसम्म जोड्ने करिब १७ किलोमिटर सडक कालोपत्र गरिँदै। तस्बिरः सुशीलबाबू थकाली/रासस
सिमलका रूखमा काकाकुल चरा । पर्वतको फलेवास जंगलमा सिमलको रूखमा बसिरहेको काकाकुल चरा। गाउँघरतिर यसलाई सर्प खाने चरा पनि भन्ने गर्छन्। तस्बिर: सुमनजंग थापा/रासस
धार्मिक सम्पदा पुनर्निर्माण । काठमाडौं उपत्यकामा रहेका विभिन्न धार्मिक सम्पदा पुनर्निर्माण गरिँदै। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
खच्चडमा सामग्री ढुवानी गर्दै । डोल्पाको सदरमुकाम दुनैबाट उपल्लो डोल्पाको काइके गाउँपालिकातर्फ तार जाली ढुवानी गर्न खच्चडमा राखिँदै। दुनैबाट काइके ढुवानी गरेबापत प्रतिखच्चड ३ हजार रुपैयाँ पर्दछ। तस्बिर: हेमन्त केसी/रासस
जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली । सुर्खेतको वीरेन्द्रनगरस्थित जर्बुटाबाट देखिएको वीरेन्द्रनगर भ्याली। प्रदेश राजधानी भएसँगै यहाँ तीव्र रूपमा बस्ती विकास भइरहेको छ। तस्बिरः सुरेश आचार्य/रासस