आजका तस्बिर- फागुन २३
आजका तस्बिर- फागुन २३
माओवादी धारका ८ दलका नेता ।  बालुवाटारमा आज भएको बैठकपछि सामूहिक तस्बिर खिचाउँदै माओवादी धारका ८ दलका नेताहरू। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
आजका तस्बिर- फागुन २३
वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड अल्मुताइरीलाई ।  नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षकको अवार्ड पाएपछि तस्बिर खिचाउँदै। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन २३
महामूर्खको उपाधी मेयर साहलाई ।  होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषद (मिनाप)ले प्रत्येक वर्ष मनाउँदै आएको दुई दिवसीय होरी(होली) महोत्सव अन्तर्गत आज मङ्गलबार महामूर्ख सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहलाई यस वर्षको महामूर्खको उपाधी प्रदान गरिँदै। तस्बिर: अजयकुमार साह, रासस
आजका तस्बिर- फागुन २३
पौडी खेल्दै ।  तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरू। अहिले नदी, खोला तथा पोखरीहरूमा पौडी खेल्ने क्रम बढ्दो छ। तस्बिरः टेकराज पोखरेल/रासस
आजका तस्बिर- फागुन २३
नारच्याङ झरना ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना। नारच्याङ गाउँको शिर र पहाडको फेदीमा रहेको यो झरना म्याग्दीको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएको छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्