आजका तस्बिरहरू- फागुन १८
आजका तस्बिरहरू- फागुन १८
लुम्बिनीमा आन्तरिक पर्यटक ।  बुद्ध जन्मभूमि लुम्बिनीमा कास्कीको भुर्जुङ खोला क्षेत्रबाट आएका नेपाली पर्यटकहरू विश्व शान्ति स्तुप परिसरमा सामूहिक तस्बिर खिचाउँदै। लुम्बिनी आन्तरिक पर्यटकको रोजाइमा परेको उत्कृष्ठ पावन भूमि हो। तस्बिरः सेतोपाटी ।
आजका तस्बिरहरू- फागुन १८
भोट दिनु है! ।  राष्ट्रपतिमा उम्मेदवारी दिएका नेकपा एमालेका नेता सुवास नेम्वाङ नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका छन्। आज बिहान नेम्वाङसहित एमालेका नेताहरू अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग भेटवार्ता गर्न कार्यालय गएका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू- फागुन १८
प्रदेश नामकरणको खुसीयालीमा दीप प्रज्वलन ।  प्रदेश नं. १ को नाम बुधबार कोशी प्रदेश राखिएको खुसीयालीमा बिहीबार साँझ मोरङको उर्लाबारी-३ मङ्गलबारेमा दीप प्रज्जवलन गर्दे युवाहरू। तस्बिर: कुमार खड्का, रासस
आजका तस्बिरहरू- फागुन १८
सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम ।  नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित ८ दलका शीर्ष नेताको उपस्थितिमा काठमाडौंको तीनकुनेमा सांसदहरूलाई प्रशिक्षण दिइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्