आजका तस्बिरहरू-फागुन १७
आजका तस्बिरहरू-फागुन १७
पाल्पाली चिनो ।  पाल्पा सदरमुकाम तानसेन बजारस्थित दरबार संग्रहालयको अगाडि ढाका कपडाका सामान बिक्रि गर्ने एउटा पसल। तानसेन घुम्ने पर्यटकहरु परिवार, आफन्त र इष्टमित्रका लागि यहाँ उत्पादित ढाका कपडाका सामानहरु किनेर लैजान्छन्। ढाकासँगै पाल्पाको करूवा पनि राम्रो कोसेलीका रुपमा स्थापित छ। तस्बिरः सेतोपाटी।
आजका तस्बिरहरू-फागुन १७
कडा सुरक्षा! ।  नामकरणको प्रस्ताव प्रदेश सभामा आज (बुधबार) पेश हुने भएपछि प्रदेश १ संसद परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। तस्बिरः राजु अधिकारी/सेतोपाटी
आजका तस्बिरहरू-फागुन १७
सूर्यमुखी फूल ।  चितवनको भरतपुर महानगरपालिका वडा नं १५ श्रीपुरमा ढकमक्क फुलेको सूर्यमुखी फूल। तस्बिरः कृष्ण आचार्य/रासस
आजका तस्बिरहरू-फागुन १७
संसदभित्र छलफल, बाहिर नारा ।  प्रदेश १ को प्रदेश सभाभित्र नामकरणका लागि छलफल चलिरहँदा प्रदेश १ संसद परिसर बाहिर भने पहिचानमा आधारित प्रदेश चाहिने भन्दै प्रदर्शन चलिरहेको छ। तस्बिर: राजु अधिकारी
आजका तस्बिरहरू-फागुन १७
गोल!!! ।  बुधबार रंगशालामा भएको प्रथम केपी ओली कपको फाइनल हेर्न पुगेका दर्शकहरू। तस्बिर: नवीनबाबु गुरूङ
प्रतिक्रिया दिनुहोस्